यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक सामाग्रीहरु अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। एबं हामी तपाईंका भावनाहरु, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै भावना अथवा लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - ROSE SINGJALI MAGAR, Palpa,Gejha-Rampur Email- lalvirthapa@gmail.com OR facebook ko lagi Name-Rose Singjali Magar Currently South Korea Thank You for visit me....

प्रेमपत्र - "विस्मॄतिको तरेली मा समझनाका थोपा हरु"


सम्झिनेमन बिर्सन कहाँ सक्दो रहेछ र, तिम्रो र मेरो त्यों सम्बन्ध बिझाईरहने मिठो सुल भएको छ मेरा निम्ति।मेरो बस्ती उजाड़ेर तिमीले तिम्रो संसार बनायौ सायद तिम्रो संसार रंगीन होला, तिमीले ध्वस्त बनाएको मेरो निरीह बस्ती संगै फाटेको मन भित्र फगत बिगत बटुलेर बसेको छू । मेरो भोगाई र तिम्रो रोजाई साच्चै फरक रहेछ। म संगको सामीप्यता तिम्रो स्वार्थ सहित को आकर्षण रहेछ , नबुझ्नु मेरो कमजोरी, तिमी भन्दा धेरै म दोषी।

आजकोबिर्सेको मान्छेदिन अर्थात 'velentine day"बिगत पछयाउदै म त्यहि ठाउमा छू, जहा न्यानो आलिंगन संगै तिमी र मैले कोरेका ती भोलिका रंगीन सपना हरु, निस्सार , निस्वास , मन्दा हावा को बहाब मा मेरो उपस्थिति ले जिजीबिषा मा बाचेका छन। . सायद उसलाई थाहा छैन उसलाई जन्माउने निर्दयी आँखा हरु, उसलाई त्यतै कतै मिल्काएर नौरंगी सपना सहित बाटो मोडेको.। सपना हरु विछीप्त छन, फेरी कहिल्यै नरंगीने गरी बिधुवा को सिउदो जस्तै उजाडीएका छन। मैले निदाएर देखेको सपना, तिमीले निदाएझै गरेर देखेको सपना अनमेल रहेछ , म दिग्भ्रमित थिए, आज ब्युझिएको छू, मेरो सपना म संग छैन, म रित्तो छू, तथापि त्यहि ठाउमा छू, अमूर्त छू, अमुक छू, त्यों बेला तिमीले दिएको उपहार संगै तिम्रो समझना मा घाम डुबाई रहेको छू, ठ्याक्कै त्यहि बेला भएको छ, अर्थात क्षितिज को पोल्टोमा घाम पसेको छ,गोधुली को रंग लाइ छेल्दै चारा हरु उडिराहेका छन, बिर्सिन खोजिनौ भने तिमीलाई थाहा हुनु पर्छ चारा को अनंत लर्को, मेरो कुम मा टाउको राखेर हेर्दै हाम्रो यात्रा पनि यस्तै अनंत हुनु पर्छ भन्थ्यौ, सबै थोक उही छ, तिमी छैनौ,म मिठो स्मृति संगै तितो यथार्थ मा छू, तिमी कहाँ छौ, कस्तो छौ,? तिमीले रोजेको संसार, तिम्रो संसार खुसी हुनुपर्छ ।दुखने हरु दुख्दै गर्छन तिमी रामाउनु पर्छ, किनकी मेरो जीवन को एउटा मिठो बिगत होऊ तिमी, न मेरो बर्तमान छ, न कुनै भविष्य मेरो बिगत बन्छ, न बनाउछुनै। तिमी लाइ आपत्ति छैन भने, यदि बात लाग्दैन भने मेरो संपूर्ण जीवन को फेरी पनि तिमीलाई 'happy velentine '

तिमीले बिर्सेको मान्छे

माओवादी सुर्खेत इन्चार्ज राहुलको मृत्यु



सुर्खेत बसपार्कमा विहीबार विहान बस र मोटरसाइकल ठोक्किदा गम्भिर घाइते हुनुभएका सुर्खेत जिल्ला इन्चार्ज ऋषि गौतम ‘राहुल’को उपचारको क्रममा राजधानीको बीएण्डबी हस्पीटलमा विहीबार दिउँसो मृत्यु भएको छ ।
ना ३ ख ८५६५ नम्बरको बस र भे २ प ५९३० नम्बरको मोटरसाइकल एक आपसमा
ठोक्किदा मोटरसाइकलमा सवार गौतम घाईते हुनुभएको थियो । स्थानीय माया नर्सिङ होममा सामान्य उपचारपछि थप उपचारको लागि
गौतमलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको थियो । घटनापछि बस र बस चालकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ ।

Friday, January 29, 2010

केही तस्बिरहरु



0 comments:

Post a Comment